
दशैं त आयो तर उत्साह भने त्यति आएन जति आउनुपर्थ्यो।दशैंको चहलपहल गाउँघर, सहरबजार तिर सुरु भइसकेको छ। घर लिपोत गर्ने आगन सफा गर्ने दशैंका लागि सामग्रीहरू तयार पार्ने यस्तै यस्तै यावत कुराहरु हाम्रो गाउँ समाजमा अहिलेको दृश्य हो। सहरमा भने ओरदोहोर गर्ने घुइँचो बढीरहेको छ आफ्नो गन्तव्यमा पुग्नको लागि गाडीको पर्खाइमा उभिरहेको दृश्य देख्न सकिन्छ।

हेर्दाहेर्दै दशैं पनि हाम्रो आँगनमा आइसके छ। मलाई पत्तै भएन खै किन हो ? किन मन उदास छ ! जति हुनुपर्ने हो त्यति चहलपहल मैले देख्न सकेको छैन सायद त्यो चहलपहल त्यति नहोला जति विगतमा हुन्थ्यो मलाई सम्झना छ दशैं आयो भन्ने खबर दशैं सुरु हुनुभन्दा कैयौँ दिन अगाडि देखि नै छुट्टै खालको उमङ्ग हर्षौलास मनमा छाउँ थियो। साथीहरूसँग भेटघाटको एउटा छुट्टै रमाइलो हुन्थ्यो। तर त्यो समय कता गयो जस्तो लाग्न थाल्छ अहिले वर्तमानमा मैले मेरा साथीसंगीहरु कुरिरहेको छु। त्यो हर्ष उल्लास पनि कुरिरहेको छु। खै कहिले आउँछ होला अब थोरै दिन बाँकी छ दशैं को टिका लगाउन तर भने कैयौं साथीहरु टाढा टाढाबाट शुभकामना सामाजिक सञ्जालमा दिन्छन् अनि मन कठोर बनाएर सम्झेको छु है साथी भन्छन्। म पनि त्यसैगरी सम्झेको छु है भन्छु। अनि यसरी नै रमाउँछु हामी। फेरि मलाई लाग्छ यो दशैंको मुखमा मेरो साथी टाढा भएको अनि घरमा आमाले सम्झेको त्यो पल सम्झिन्छु। अनि कताकता नरमाइलो लाग्छ कस्तो देशमा जन्म भएछ भन्ने जस्तो लाग्छ विडम्बना हाम्रो देशको यो अवस्था कहिले परिवर्तन हुन्छ होला हामीहरू खुसी मनले दशौं कहिले मनाउन पाउँछौं होला ?

यहाँ विभिन्न राजनीतिक दलका ठूलाठूला एजेन्डा छन् ठूलाठूला भाषण छन् तर भने हात लाग्यो सुन्ने आफ्नो खुसी मात्र हेर्छन् भन्ने गुनासो आम जनताको पाउँदा अब राजनीति धेरै भयो राजा ल्याउँछु पनि भन्छन् गाउँ समाजमा यस्ता यस्ता गफ हुन्छन् मानिलिउँ कि भोलि नै नेपाल अमेरिका बन्छ जस्तो कुरामा मात्रै सीमित मुखले मात्रै ठूलो हुने यस्ता हावा गफ कहाँबाट प्राप्त भयो होला भन्ने पनि लाग्छ कताकता यो समय निकै गाह्रो छ नेपाली जनहरुको लागि केही समय अगाडि वर्षाको कारण विभिन्न सडकहरू अवरुद्ध भएका छन्। कैयौँ व्यक्तिहरुले अकालमै ज्यान गुमाउनु परेको छ। कैयौं व्यक्तिहरू आफ्नो गन्तव्य सम्म सुरक्षित पुग्ने हो कि होइन भन्ने पीडामा यात्रा गर्नुपरेको छ यस्तै बीचमा दशैं पनि आँगनमा आइसक्यो।

नेपाल सरकारले अब त सोच्नुपर्ने बेला भएन आम सर्वसाधारणको भोट लिएर सत्ता पुगेका व्यक्तित्वहरुले यो समयमा त जनताको साथमा हुनुपर्ने हो जनताको दुःखमा साथ दिँदै राम्रो काम गरेर देखाउने पो हो तर विडम्बना आम सर्वसाधारणहरु बाटैमा अलपत्र पर्ने गाडीमा जाँदा भाडा महँगो पर्ने आकाशमा उठ्दा पनि भाडाको महँगो देखेर जनताहरू तर्सिनुपर्ने यस्ता यस्ता कुराहरु सरकारले कहिले ध्यान दिन्छ होला यो दशैंमा सबैको चाहना हुन्छ घर पुग्ने आफ्नो अग्रजबाट टिका लगाउने आफ्नो परिवारसँग रमाइलो गर्ने तर सरकारको यो गतिले जनताहरू बाटैमा अलपत्र पर्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन तसर्थ नेपाल सरकारले आम जनताको गुनासो अनि चाहनालाई बुझ्न जरुरी छ पार्टीभन्दा माथि उठेर सर्वसाधारणलाई सेवा दिन जरुरी छ। अन्तमा तपाईं सम्पूर्णलाई विजयादशमीको शुभकामना व्यक्त गर्न चाहन्छु। सबै नेपालीहरूको चाहना पूरा हुँदै जाओस्। सरकारले आम जनताको गुनासोलाई प्राथमिकताका साथ लगोस् ।































