
बझाङः केदारस्यू गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई दिवा खाजा कार्यक्रममा नमुना बनाउदै लिएको छ । दिवा खाजा कार्यक्रमलाई झण्झटको रुपमा हेरेका शिक्षक र कार्यलय सहयोगिहरु माथि तथा सामुदायिक विद्यालयहरुमा पालिकाले निगरानि बढाए संगै दिवा खाजा कार्यक्रमले निरन्त्रता पाएको हो । केही बर्ष पहिला मन लागे विद्यालय दिवाखाजा पकाउने र मन नलागे न पकाउने गरेका सामुदायिक विद्यालयहरुले अहिले नियमित रुपमा दिवाखाजा पकाउन थालेका हुन् । केदार स्यूँ गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा निगरानी तथा अनुगमन बढाए संगै दिवा खाजा कार्यक्रमले नियमितता पाएको केदार स्युँ गाउपालिकाका शिक्षा शाखा प्रमुख केशब भट्टले बताए ।



उनले भने,‘यहाँका सामुदायिक विद्यालयहरुले पहिला शुक्रबारको दिन प्राय कुनै पनि विद्यालयहरुमा दिवा खाजा पाक्दैन थियो । अहिले हरेक दिन दिवाखाजा पाकेको हुन्छ । अहिले शुक्रबारको दिनमा समेत दिवाखाजा कार्यक्रमले नियमितता पाएको छ । हामिहरुले यस विषयमा पटक पटक छड्के अनुगमन गर्न थालेपछी दिवा खाजा कार्यक्रमले नियमितता पाएको हो । कुनै ठाउँ दाउरा को समस्या कुनै ठाउँ भान्छा कोठाको समस्या देखाउदै आएका सामुदायीक विद्यालयहरुमा केदार स्यूँ गाउँपालिकाले ग्यास चुलो सहीतको ब्यावस्था गरी दिएपछी अहिले दिवा खाजा कार्यक्रमले नियमितता पाएको उनले बताए । यसका साथै अहिले विद्यार्थिहरुले समेत सरसफाई गरेर मात्रै दिवाखाजा खाने बानिको विकास भएको आफुहरुले अनुगमनका क्रममा फेला पारेको भट्टले बताए’।

केही दिन अघि मात्रै केदार स्युँ गाउँपालिकामा जिल्लाका सबै पालिकाका जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखाका प्रमुख सहितको टोलीले केदार स्यूँ गाउँपालिकाको सामुदायीक विद्यालयको अनुगमन गरेको थियो । स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा अन्तरपालिका अवलोकन तथा अध्यन भ्रमण कार्यक्रममा १२ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत,पालिकाका अध्यक्ष तथा उपाध्यक्ष, मेयर तथा उपमेयरको सहभागीता रहेको एमपिडीएसका कार्यक्रम अधिकृत शिवराज उपाधयायले बताए । केदारस्यू गाउँपालिकाले गरेका सकारात्मक पक्षहरुको अवलोकन तथा अनुगमन गरी उक्त कार्यहरु आफ्नो पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा लागु गरुन भन्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरीएको एमपिडिएस बझाङका कार्यक्रम संयोजक शिवराज उपाध्यायले बताए ।

एक दिने कार्यक्रममा शिक्षोदय मावि बागथलामा विद्यालय दिवाखाजा कार्यक्रमको अवलोकन तथा अनुगमन गरीएको थियो । विद्यालय दिवा खाजा कार्यक्रम निकै ब्यावस्थित रहेको आफुहरुले पाएको तलकोट गाउँपालिकाका उपाध्यक्ष पार्वती कुवर भण्डारीले बताईन् । विद्यालय दिवाखाजा कार्यक्रमलाई ब्यावस्थित र निगरानी तथा अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहको भएका कारण आफुहरुले यस प्रति ध्यान दिएको बताईन् । केदार स्यूँ गाउँपालिकाले दाल पिस्ने मेसीन समेत खरीद गरी सहकारी मार्फत दाल उत्पादन र प्रशोधन गरी सामुदायिक विद्यालयमा पुर्याउने जिम्मा दिएको बताउदै , उनले अरु पालिकाहरुमा यस्तो दाल पिस्ने र प्रशोधन गर्ने मेसीन नभएका कारण सानो लगानी गरेर यस पालिकाको सिको गर्नु जरुरी रहेको बताईन् । दिवा खाजालाई गुणस्तीय र ब्यावस्थित पार्नका लागी दाल पिस्ने मेसीन खरीद गरेर आफ्नै गाउँ ठाउँमा उत्पादन भएको दाल तथा तरकारी सबै सामुदायीक विद्यालयहरुमा उपलब्ध गराउनु पर्ने कुरामा जोड दिईन् । यसको जिम्मेबारी एउटै एमपिडीएस र विश्वखाद्य(डोनर)को मात्रै नभएर यसमा सबैको दायित्व जिम्मेवारी रहेकाले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी रहेको बताईन् ।
बुङ्गल नगरपालिकाका मेयर जय बहादुर धामी विद्यालय दिवाखाजा कार्यक्रम राज्यको नै धारण राम्रो रहेको बताए । यो कार्यक्रमले भागेर घर जाने बालबालिकाहरुको संख्या घटाएको, स साना दुधे बालकहरु समेत दिवाखाजा पाईने आशामा विद्यालय जाने गरेका कारण यसले धेरै फाईदा गरेको बताए । यस कार्यक्रमले बालबालिकाको स्वास्थ्यमा सुधार ल्याएको उनको भनाई छ । साथै उनले विद्यालय दिवाखाजा कार्यक्रम विद्यालय सम्म पुर्याउन तथा ढुवानीको समस्या आउने गरेको बताए । गत बर्ष सम्म पनी आफ्नो पालिकाका धेरै विद्यालयहरुले ढुवानी गर्न नसकेकै कारण दिवाखाजा लागु नगरेको अवस्था रहेको र यो समस्याको समाधान गर्नु पर्ने बताए । त्यस्तै विद्यालयहरुमा ईन्धनको समस्या समेत रहेको कतिपय विद्यालयहरुमा विद्यार्थिहरुले घर बाट नै दाउरा लिएर जानु पर्ने भएका कारण यसको समस्यामा सरोकारवालाले ध्यान दिन जरुरी रहेको सुझाब दिए ।
यता केदार स्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहराले आफुहरु फिल्डमा जाँदा निकै दिवा खाजा र विद्यार्थि विच निकै ग्याभ रहेको फेला पारेको बताए । आफुहरुले अनुगमनका क्रममा धेरै जस्तो सामुदायिक विद्यालयहरुले दिवा खाजा नै नपकाउने गरेको भेटाएको र पछिल्लो समयमा सुधार गर्दै आफुहरु अघि बढेको बताए । अहिले सबै सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा दिवाखाजा पाक्ने गरेको देख्दा खुःसी लागेको उनले सुनाए । उनले बालबालिकाहरुले जती पाउनु पर्ने क्वान्टिटी हो त्यो पाई रहेका जानकारी दिए । यसका साथै अहिले स्थानिय किसानहरुले आफ्नै करेसा बारीमा उत्पादन गरेको तरकारी र दाल विद्यालयलाई दिने कार्यले पनी यो कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताए । किसानले उत्पादन गरेको दाल सहकारी मार्फत खरीद गरेर सहकारीले नै दाललाई प्रशोधन गरेर मात्रै विद्यालयमा पठाउने कार्यको शुभारम्भ आफुहरुले गरेको अध्यक्ष बोहराले बताए । जसका कारण साना किसानहरुको पनि यो कार्यक्रम आम्दानिको स्रोत बनेको आफुले पाएको र यसले बजारीकरणको समस्या पनी हटाएको बताए ।
































