कर्णाली नदी विवाद समाधानका लागि संयुक्त कार्यदल गठन

Image
Nisarga Hospital

सुदूरपश्चिम र लुम्बिनी प्रदेशले कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणसम्बन्धी विवाद समाधान गर्न संयुक्त कार्यदल गठन गरेका छन्।

CP Hospital Dhangadhi

बुधबार दुबै प्रदेशका मुख्यमन्त्रीबीच संयुक्त संवादपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
 

सुदूरपश्चिम प्रदेशका सचिव, वन मन्त्रालय, स्थानीय तह, निकुञ्ज र नापी कार्यालयका प्रतिनिधिहरू कार्यदलमा सदस्य रहनेछन्।
 

कर्णाली नदीमा देखिएका समस्याहरू समाधान गर्न तीन तहका सरकारसँग समन्वय गरी प्राथमिकता निर्धारण गर्दै सुझाव पेश गर्ने कार्यदलको लक्ष्य रहेको छ।