
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश माधव अधिकारीको इजलासले थुनछेक बहसपछि यस्तो निर्णय गरेको हो।
प्रहरी अनुसन्धानअनुसार रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ ठगीको आरोपमा बिगो माग गरिएको छ। अब लामिछाने हिरासतबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन्।






































