सृजनशील स्पोट्रर्स (CYC Attariya) लिगका जर्सी सार्वजनिक

Image
Nisarga Hospital

अत्तरिया : अत्तरियाको सृजनशील युवा क्लबले आयोजना गर्न गइरहेको ‘सिवाईसी स्पोट्र्स लिग’ को जर्सी सार्वजनिक गरीएको छ । सोमबार अर्थात् फाल्गुन १९ गते देखि सुरु हुन गइरहेको उक्त स्पोट्र्स लिगको शनिबार सहभागी ८ वटै टीमका जर्सी सार्वजनिक गरीएको छ । क्लवले प्रतियोगितालाई निरन्तरता दिँदै टोलीहरूको नाम गोदावरी नगरपालिका भित्रका स्थानीय पर्यटकीय स्थलहरूसँग सम्बन्धित गरी पुनः नामकरण गरिएको जसले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको जनाएको छ ।

CP Hospital Dhangadhi

जर्सी सार्वजनिक गरीएको टिमहरूको नाम सिवाईसी गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल र सिवाईसी मछेली खोला रहेका छन् ।

Attariya Hospital

टिमहरूको नाम बाटै गोदावरी नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरिएको आयोजक सृजनशील युवा क्लबले जनाएको छ । यस वर्ष देखि निरन्तरता दिँदै खेल टिमहरूको नामलाई स्थानीय पर्यटकीय स्थलसँग सम्बन्धित गरी पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागी पुनःनामकरण गरिएको आयोजकले जनाएको छ । आयोजना हुन् गइरहेको खेलहरुमा क्रिकेट खेल गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडा सामुदायीक बनमा रहेको खेलमैदानमा हुने भएको साथै फुटबल, भलीबल क्लबको खेलमैदान गरिने भएको आयोजकले जनाएको छ । मैत्रीपूर्ण खेल प्रतिस्पर्धा यही फाल्गुन १९ गते देखि सञ्चालन भई चैत १ गते समापन गरिने भएको छ ।

nawajiwan

मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा आयोजना गरिने यस प्रतियोगितामा २ लाख रुपैयाँ बराबरको पुरस्कार राशि तोकिएको छ । २०५४ सालमा स्थापना भएको सृजनशील युवा क्लबले खेलकुद तथा सामाजिक गतिविधिहरूमा सक्रिय रहँदै आएको छ । स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्दै खेलकुद प्रवद्र्धन तथा पर्यटन विकास गर्ने लक्ष्यसहित क्लबले यो प्रतियोगिता आयोजना गर्न गइरहेको छ ।

Advertize US