शिक्षक सङ्गठन अछाममा नयाँ समिति चयन

Image
Nisarga Hospital

अछाम : नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अछाममा नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सदरमुकाम मङ्गलसेनमा सम्पन्न १३ औं अधिवेशनले कृष्णबहादुर विकको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

CP Hospital Dhangadhi

समितिको उपाध्यक्षमा तपेन्द्रबहादुर शाही र शारदा सिजापती, सचिवमा महेन्द्रबहादुर वयक, कोषाध्यक्षमा जयन्द्रबहादुर कुँवर, सहकोषाध्यक्षमा चन्द्रकला विष्ट, सहसचिव अर्चनाकुमारी ढकाल चयन भएका छन । समितिको सदस्यमा समावेशीतर्फ धर्मबहादुर नेपाली र एकेन्द्र विक, महिलातर्फ सरस्वती ढुंगाना, वसन्ती थापा, मदनकुमारी बोहरा, कमलेश्वरी महता, शान्ती शाही, मिनादेवी बुढा रहेका छन ।

Attariya Hospital

यस्तै खुलाबाट भोजराज गिरी र धर्मराज जैसी, स्थानीय तहको भूगोलबाट पदमबहादुर बुढा, महाविर रावल, लालबहादुर बटाला, पृथ्वी रावल, उपेन्द्रबहादुर शाह, गणेश सोडारी, राजेश्वर भण्डारी, सुरेन्द्रबहादुर रावल, नमराज न्यौपाने, तपेन्द्रबहादुर विष्ट, लक्षिराम विष्ट, प्रेमबहादुर बुढा, कृपाराम पाण्डे र तिलकराज उपाध्याय रहेका छन ।

nawajiwan

अधिवेशनले लेखा समितिमा भीमबहादुर बोहरा र मोहनबहादुर खत्री चयन गरेको छ । अधिवेशनबाट गीता ढुंगाना हमाल, मोक्षराज जैसी, धन कुमार केसी, कामेश्वर रेग्मी, अनिलप्रसाद जोशी रमेश विकलाई प्रदेश प्रतिनिधिमा छनोट गरेको छ। केन्द्रिय अधिवेशनका लागि सर्पराज जैसी, सुरतबहादुर रावल, मञ्जुकुमारी विष्ट कुँवर छनोट भएका छन । सङ्गठनको अधिवेशन शुक्रबारबाट सुरु भएको थियो ।

Advertize US