
अछामको मंगलसेन नगरपालिका–९ ओली गाउँ रातोमाटेमा सोमबार माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार, २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनीता बोहरा रातो माटो खन्न गएका थिए, जहाँ माथिबाट खसेको ढिस्कोले उनीहरूलाई पुरेको हो।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले दुबै महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। माटो खन्ने क्रममा ढिस्कोबाट पुरिएका उनीहरूलाई प्रहरीले मृत अवस्थामा बाहिर निकालेको छ। दुवै जना नातामा देउरानी र जेठानी रहेका छन्।

यो घटना चैते दशैंको अवसरमा रातो माटो निकाल्नका लागि उनीहरू गएका बेला भएको हो।






























