नेपाल प्रहरीको ३१औं आईजीपीमा दीपक थापा नियुक्त

Image
Nisarga Hospital

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

३०औं आईजीपी वसन्त कुँवरको ३० वर्षे सेवा अवधि सोमबार राति १२ बजे पूरा हुने भएकाले सरकारले नयाँ नेतृत्व चयन गरेको हो। आईजीपी पदका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए।

Attariya Hospital

थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा थिए, जबकि तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख थिए, र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख थिए।

nawajiwan

नेपाल प्रहरी नियमावली, २०१२ अनुसार सरकारले उपयुक्त देखिएका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने व्यवस्था छ। सोहीअनुसार, अन्तिम समयमा ती आकांक्षी अधिकारीहरू राजनीतिक समर्थन जुटाउन सक्रिय थिए। तर, सरकारले वरिष्ठता र कार्यक्षमताका आधारमा थापालाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।

Advertize US