कैलालीका ७ क्याम्पसको नतिजा : नेविसंघ ४ र अखिल क्रान्तिकारी ३ मा विजयी

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ७ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

CP Hospital Dhangadhi

सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सम्बद्व नेविसंघले चार क्याम्पस र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा जित निकालेको छ । तर नेकपा एमाले निकट अनेरास्ववियुले कुनै पनि क्याम्पसमा जित निकाल्न सकेको छैन् ।

नेविसंघले प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जोशी), भजनीको मोहन्याल बहुमुखी (झंकर बुढा), जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टिकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा (गोपाल खत्री) जितेको छ ।

nawajiwan
Attariya Hospital

मतगणना जारी रहेको धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा पनि अग्रता लिइरहेको छ । यस्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तीन क्याम्पसमा जितेको छ ।

अखिलले लम्की बहुमुखी क्याम्पसाा (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा (विवेक चौधरी) र सुखडको राष्ट्रिय कलेजमा (सुन्दर गौतम) ले जितेको छ ।

चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले १२५ बराबर ल्याएका छन् । त्यहाँ नेविसंघले पुनस् मतगणना हुनुपर्ने माग गरेको छ । घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन् ।