कैलालीमा एसईई अंग्रेजी प्रश्नपत्रसहित शिक्षक पक्राउ, अनुसन्धान जारी

Image
Nisarga Hospital

कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमला रहेका छन्। प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार शिक्षक धमला परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा फेला परेका थिए। प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर जाँच गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। सो प्रश्नपत्र बिहान ९:३५ बजे मोबाइलमा आएको खुलेको छ। ‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनले कसैलाई चिट चोराएको भने देखिएको छैन,’ प्रहरी निरीक्षक सिंहले भने।

Attariya Hospital

परीक्षा सुरक्षासम्बन्धी कडाइका बाबजुद प्रश्नपत्र बाहिरिएको घटना गम्भीर भएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाबारे परीक्षा समिति तथा सम्बन्धित निकायलाई जानकारी गराइएको छ। प्रहरीले अर्को एक व्यक्ति आफैं प्रहरी कार्यालयमा आएको भए पनि घटनामा उनको संलग्नता नदेखिएको जनाएको छ।

nawajiwan

एसईई परीक्षामा यसरी प्रश्नपत्र बाहिरिनु परीक्षाको निष्पक्षतामाथि प्रश्न उठाउने विषय भएको शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन्। यस्ता घटनाले परीक्षाको विश्वसनीयतामा असर पार्न सक्ने भएकाले कडा निगरानी आवश्यक रहेको उनीहरूको भनाइ छ।

Advertize US