सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगीत

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगीत गरिएको छ । आर्थिक लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री लक्ष्मणकिशोर चौधरीमाथि छानविन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने, सरकारले जथाभावी गरेका नियुक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले प्रदेश सभाको बैठकमा विरोध जनाएका छन् ।

CP Hospital Dhangadhi

बैठक अवरोधसँगै प्रतिपक्षी दलको तर्फबाट धारणा राखेकी राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले नियम विपरीत सेवा सुविधा लिने, राजनीतिक नियुक्ति, सुशासन प्रवद्र्धन तथा खर्च कटौतीका विषयमा पटक–पटक सरकारको जवाफ मागेको बताइन् तर सरकारले सदन सत्तापक्षको मात्र भएको प्रतिपक्षको नभएको जस्तो व्यवहार गरेर कुरा नसुनेको बताइन् ।

Attariya Hospital

त्यसैले सरकारले यथाशिघ्र ती विषयमा जवाफ दिनुपर्ने उनको भनाई थियो । प्रदेशका पूर्वमुख्यमन्त्रीसहितका सांसद भारतको उत्तराखण्ड पुगेर त्यहाँका मुख्यमन्त्रीसँग छलफल गरेर फर्किएको विषयमा समेत सरकारको धारणा माग गरिएको छ ।

nawajiwan

सम्बन्धीत प्रदेश सभा सदस्यले परराष्ट्र मन्त्रालयबाट वैदेशिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिए÷नलिएको कुरा प्रष्ट पार्नुपर्ने प्रतिपक्षी दलको माग रहेको छ । मन्त्री मुछिएको अडियो प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरिएको छ ।प्रतिपक्षीको अवरोधपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगीत गरेका छन् ।