सामुदायिक विद्यालयको गुणस्तर बढाउन नगर प्रमुखका प्रतिवद्धता (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरियाः दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव (स्थापनाको ५० वर्ष पूरा गरी ५१औं वर्षमा प्रवेश) मनाउँदै गरेको छ। यस अवसरमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले विद्यालयको उत्कृष्टता र सामुदायिक शिक्षण संस्थाहरूको विकासमा नगरपालिकाको पूर्ण सहयोग रहने बताए।

CP Hospital Dhangadhi

उनले शिक्षालाई विकासको मूल आधार बताउँदै सामुदायिक विद्यालयहरूको गुणस्तर उन्नत बनाउन नगरपालिकाले निरन्तर पहल गर्दै आएको र यसलाई प्राथमिकतामा राख्ने बताए। उनले आगामी दिनमा शिक्षा क्षेत्रमा थप लगानी गरी विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने लक्ष्य राखिएको समेत सुनाए।

nawajiwan

नगर प्रमुख भट्टले स्थानीय सरकारले प्राप्त अधिकारको सदुपयोग गरी न्यून बजेटमै शैक्षिक सुधार र भवन निर्माणका कार्यक्रम अगाडि बढाइएको बताए। उनले शिक्षक समायोजन, नगर शिक्षकको मान्यता र विषयगत शिक्षकको व्यवस्थापनमा पारदर्शिता कायम गर्ने बताए।

उनले केही दिनअघि शिक्षक समायोजन गर्दा विद्यालयको आवश्यकतालाई प्राथमिकता दिइएको र कुनै पक्षपात नगरिएको जानकारी दिए। यसैगरी, शिक्षकहरूको सुव्यवस्थित व्यवस्थापन गरी दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा १४ जना नगर शिक्षक तैनाथ गरिएको समेत उनले उल्लेख गरे।

Attariya Hospital

सामुदायिक प्राथमिक तहका विद्यालयहरूमा न्यूनतम ५ जना शिक्षक राख्ने व्यवस्था लागू गरिएको उनले बताए। साथै, “१ विद्यालय १ नर्स” को अवधारणा अन्तर्गत प्रारम्भमा प्रत्येक वडाको एक विद्यालयमा नर्स राखिएको र भविष्यमा यसलाई विस्तार गरिने योजना रहेको उनले सुनाए।

प्रदेश राजधानीको माग र नेतृत्वलाई चुनौती
स्वर्ण महोत्सवको अवसरमा उपस्थित प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले सुदूरपश्चिम प्रदेशको राजधानीको अनिर्णयलाई लिएर गम्भीर चिन्ता व्यक्त गरे। उनले गोदावरी नगरपालिकामा ४६ बिघा जमिन उपलब्ध रहेको र यसलाई प्रदेश राजधानी बनाउन प्रदेश नेतृत्वलाई पहल गर्न आग्रह गरे।

उत्कृष्ट शिक्षकलाई प्रोत्साहन, विद्यालयहरूको गुणस्तर कायम
नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरूको गुणस्तर कायम राख्न विज्ञहरूको टोली गठन गरेको र उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई प्रोत्साहन दिने व्यवस्था मिलाएको नगर प्रमुख भट्टले जानकारी दिए। उनले कुनै पनि विद्यालयमा शिक्षकको अभाव भएमा विषयगत शिक्षक खोजी गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता दोहोर्याए।

यसरी, दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवले गोदावरी नगरपालिकाको शिक्षा क्षेत्रमा रहेको प्रगति र भविष्यका योजनाहरूको झलक प्रस्तुत गरेको छ।

# ट्रेण्डिङ