बैतडीको पाटनमा महोत्सव सुरु

Image
Nisarga Hospital

बैतडीः बैतडीको पाटनमा आजदेखि कृषि, पर्यटन, कला, संस्कृति, रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव सुरु भएको छ।

CP Hospital Dhangadhi

नेपाल च्याम्बर अफ कमर्श बैतडीको आयोजना, पाटन नगरपालिकाको प्रवर्धन तथा क्वालिटी स्टील आल्मुनियम एण्ड युपिभीसीको मुख्य प्रायोजनमा महोत्सव सुरु भएको हो। श्रीकृष्ण मावि पाटनको मैदानमा सुरु भएको महोत्सवको आज एक कार्यक्रमबिच उद्घाटन गरिएको च्याम्बर अफ कमर्श बैतडीका अध्यक्ष हरीशप्रसाद जोशीले जानकारी दिए।

Attariya Hospital

उद्घाटन समारोहमा पाटन नगरका प्रमुख गौरीसिंह रावल, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, पाटन नगरका उपप्रमुख कमलसिंह बोहरालगायत उपस्थित थिए। उद्घाटनपछि कलाकार मनोजसिंह धामी, गुणाकर पनेरुलगायतले प्रस्तुति राखेका थिए। बुधवार लोक देउडा कलाकार रेखा जोशी, रेश बिसी र स्थानीय कलाकारको प्रस्तुति रहनेछ।

nawajiwan

# ट्रेण्डिङ