जोगबुढा नदीमा ‘गेज मिटर’ राख्न अध्ययन गरिँदै

Image
Nisarga Hospital

अत्तरिया : बर्सातको समय नजिकिँदै गएपछि जल तथा मौसम विज्ञान विभागले पनि पूर्वतयारी थालेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढीले सबैभन्दा बढी प्रभावित हुने कञ्चनपुरको कुतियाकवरस्थित जोगबुढा नदीमा ‘कलर कोड’सहितको गेज मिटर राख्नका लागि अध्ययन गरेको छ ।

CP Hospital Dhangadhi

कलर कोडसहितको गेज मिटरले सर्वसाधारणलाई तुरुन्तै नदीको जल सतह थाहा पाउन सजिलो होस् भन्ने हेतुले कलर कोडसहितको गेज मिटर स्थापना गर्न लागेको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए । उनका अनुसार महाकाली नदीमा गेज मिटर स्थापनाको कार्य सुरु भएको छ भने जोगबुढा नदीमा गेज मिटर राख्नका लागि अध्ययन भइरहेको छ ।

Attariya Hospital

“तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ”, उनले भने, “यसले यहाँका जनताले सजिलैसँग आफ्नो आँखाले हेरेर तुरुन्त बाढीको जोखिमबारे थाहा पाउने र सुरक्षित स्थानमा जान सजिलो हुने गरी काम गरेका छौँ ।” उनले हरियो रङले न्यून जोखिमलाई जनाउने र पहेँलो रङले चेतावनी तह पुग्दछौँ भन्ने जानकारी दिने बताए ।

nawajiwan

त्यसैगरी सुन्तला रङले अब खतराको नजिक पुग्दै छौँ भन्ने सङ्केत गर्नेछ भने रातो रङले अब हामी खतराको सङ्केत दिने उनले जानकारी दिए ।

Advertize US