गोदावरी नगरपालिकामा संचालित पोषण परियोजनाको अनुगमन

Image
Nisarga Hospital

अत्तरिया: याक नेपाल पोषण परियोजनाले गोदावरी नगरपालिका वडा नं. ९, ११ र १२ का करिब ५०० परिवारलाई पोषणयुक्त आहार सेवन गर्न र आफ्नै खेतबारीमा तरकारी उत्पादन गरी उपभोग गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको छ।

oplus_0

यस परियोजनाको प्रभावकारिता र कार्यान्वयन अवस्था अवलोकन गर्न गोदावरी नगरपालिका तथा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका प्रतिनिधिहरूद्वारा मंगलबार अनुगमन गरिएको छ। अनुगमन टोलीमा याक नेपालका अध्यक्ष बलबहादुर रोकाया, केयर नेपाल लगायत अन्य संस्थाका प्रतिनिधि र गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, कृषि शाखा प्रमुख नन्दी मल्ल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी लगायतका पालिका कर्मचारीको उपस्थिति थियो।
oplus_0

यस परियोजनाअन्तर्गत प्रति परिवार करिब १० हजार रुपैयाँका दरले सहयोग गरिएको छ। उक्त रकम प्रयोग गरी लाभग्राहीहरूले घरायसी तथा व्यवसायिक तरिकाले तरकारी खेती सञ्चालन गरेका छन्। अनुगमनका क्रममा वडा नं. ११ की कृषक गीता कुमारी शर्मा ओलानीले याक नेपालबाट प्रति व्यक्ति कृषि एटीएम कार्ड सहित ९९१३ रुपैयाँको अनुदान प्राप्त गरेको जानकारी दिइन्।
oplus_0

यस परियोजनामा Care Nepal र याक नेपालको साझेदारीमा गोदावरी नगरपालिका, विशेष गरी महिला समूह, व्यवसायिक महिला कृषक समूह तथा स्वास्थ्य आमा समूहहरूलाई समावेश गरिएको छ। वडा नं. ११ का १२ समूह र वडा नं. १२ का १० समूह र वडा नं. ९ का ३ समुहका सदस्यलाई प्रति व्यक्ति ९९१३ रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको छ।
याक नेपालले कृषि, पोषण, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक तथा सामाजिक समावेशीकरण लगायतका क्षेत्रमा समेत विविध कार्यक्रम सञ्चालन गरिरहेको छ।
oplus_0

CP Hospital Dhangadhi

सोमबार मात्र याक नेपालले गोदावरी नगरपालिकालाई करिब १६ लाख रुपैयाँ मूल्य बराबरको पोर्टेबल ग्रामीण अल्ट्रासाउन्ड मेसिन (RUSG) हस्तान्तरण गरेको थियो। यस मेसिनबाट नगरका १२ वटै वडाका स्वास्थ्य संस्थामार्फत मासिक रुपमा तालिम प्राप्त नर्समार्फत सेवा प्रदान गरिनेछ, जसले विशेषगरी ग्रामीण क्षेत्रका गर्भवती महिलालाई सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

oplus_0

Attariya Hospital

याक नेपालले नगर क्षेत्रका शीघ्र कुपोषित बालबालिकाका लागि खाद्य तथा सरसफाइ सामग्री समेत वितरण गर्दै आएको छ। पहेँलो सूचीमा परेका १४६ जनालाई प्रति व्यक्ति २५०० रुपैयाँ बराबर र कडा शीघ्र कुपोषणमा परेका २६ जनालाई ३००० रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो।

oplus_2

वडा नं. ९ की स्वास्थ्य आमा समूहकी सदस्य सन्तोषी रानाले गँड्यौला मल, काँक्रा, खुर्सानी, लौका, फर्सी, तिते करेला आदि उत्पादन गरी घर व्यवहार चलाउनुका साथै बिक्रीबाट केही आम्दानी गरी बचत पनि गरेको बताइन्।
oplus_2

अनुगमनका क्रममा नगर प्रमुख बिरेन्द्र भट्टले उत्पादन भएका वस्तुहरू स्थानीय बजारमा बिक्री वितरण नभएमा गोदावरी नगरपालिकाले अत्तरिया हाटबजारसम्म पु¥याउन सहयोग गर्ने आश्वासन दिएका छन्।

nawajiwan
oplus_0