कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

अत्तरिया : कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिबार रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले शनिबार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । उनका अनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो ।

Advertize US