कैलालीको लम्की बजारमा ३४५० केजी गुणस्तरहिन दाल नष्ट

Image
Nisarga Hospital

कैलालीको लम्की बजारमा गुणस्तरहिन मासको दाल बरामद गरी नष्ट गरिएको छ। नेपाल सरकारले तोकेको मापदण्ड विपरीतको रङ प्रयोग गरिएको ११५ बोरा (३,४५० केजी) मासको दाल बरामद गरिएको हो।

CP Hospital Dhangadhi

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धनगढीको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय लम्की र लम्कीचुहा नगरपालिकाको संयुक्त टोली सहभागी थियो। टोलीले लम्कीचुहा नगरपालिका वडा नं. १ को बजार क्षेत्र अनुगमन गरेको थियो।

Attariya Hospital

बरामद दाल आजै संयुक्त टोलीको निगरानीमा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ अनुगमन अधिकृत सुमन लामिछानेले जानकारी दिए।

nawajiwan

उनका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खाद्य तथा उपभोग्य वस्तुको नियमित अनुगमन तीव्र पारिएको छ। साथै, गुणस्तरहिन सामग्री बिक्री तथा वितरणमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

# ट्रेण्डिङ