सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ।

CP Hospital Dhangadhi

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम गरिएको छ। बुधबार यो मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने घटेर तोलामा १ हजार ९५५ रुपैयाँमा झरेको छ। बुधबार यसको मूल्य तोलामा १ हजार ९६५ रुपैयाँ थियो।