पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि परराष्ट्र मन्त्रालयको एड्भाइजरी

Image
Nisarga Hospital

परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ।

CP Hospital Dhangadhi

भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने देखिएपछि मन्त्रालयले यस्तो सर्तकता जारी गरेको हो।

आज जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले हालै विकसित घटनाक्रमलाई ध्यानमा राख्दै पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपले सचेत रहेको जनाएको छ।

nawajiwan
Attariya Hospital

मन्त्रालयका अनुसार पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सबै नेपाली विद्यार्थी र नागरिकसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग र समन्वय गरिरहेको छ।

यदि तत्काल थप सहयोग आवश्यक परेमा इस्लामाबादस्थित नेपाली राजदूतावासका तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदसँग जुनसुकै समयमा सम्पर्क गर्न सकिने बताइएको छ।

Advertize US