घर भन्दा टाढा जादै हो भने जानकारि लिनुहोस आजको मौसमी विवरणः आजका धेरै ठाउँमा चट्याङ, हावाहुरी र हिमपातको सम्भावना: सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण मौसममा फेरबदल देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागमा वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिएको छ।

CP Hospital Dhangadhi

हाल पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको र केही हिमाली स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

मधेस र लुम्बिनी प्रदेशका केही भागहरूमा हावाहुरीसमेत चल्नसक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने महाशाखाको चेतावनी छ।

nawajiwan
Attariya Hospital

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।

मौसमको यस्तै अवस्थाका कारण आकस्मिक जोखिम हुन सक्ने भन्दै महाशाखाले जनतालाई सावधानीपूर्वक आर्जन तथा आवागमन गर्न अनुरोध गरेको छ।