
आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य शुक्रबारको तुलनामा ३०० रुपैयाँले घटेको हो।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ रहेको चाँदी आइतबार १० रुपैयाँ बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ।






























