
काठमाडौं: नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेख्य गिरावट आएको छ। आइतबारको तुलनामा आज सोमबार सुन प्रतितोला रु ३,७०० ले घटेर रु १,८६,८०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १० ले घटेर अहिले रु १,९६० मा कारोबार भइरहेको छ।
आइतबार प्रतितोला सुनको मूल्य रु १,९०,५०० र चाँदीको मूल्य रु १,९७० रहेको थियो।




























