
सोमबार प्रतितोला ३,७०० रुपैयाँले घटेको सुनको भाउ आज थप २,००० रुपैयाँले घटेको छ। यससँगै दुई दिनमा सुनको मूल्य कुल ५,७०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १,८४,८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य प्रतितोला १,८६,८०० रुपैयाँ थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने वृद्धि भएको छ। सोमबार प्रतितोला १,९६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १,९७० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले बढी हो।






























