दशकौंको निद्रा तोड्दै नेपाल वायुसेवाका दुई ट्वीनअटर विमान फेरि आकाशमा

Image
Nisarga Hospital

लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेका नेपाल वायु सेवा निगमका दुई ट्वीन अटर विमान (9N-ABU र 9N-ABT) अब पूर्ण मर्मत तथा नयाँ इन्जिनसहित पुनः नियमित उडानमा फर्किएका छन्।

CP Hospital Dhangadhi

निगमद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “आन्तरिक उडान सञ्चालनका लागि दुवै विमानहरू पूर्ण रूपमा तयारी अवस्थामा ल्याइएका छन्। यी विमानहरू दुर्गम भेगका नागरिकहरूलाई सहज, सुलभ र मितव्ययी हवाई सेवा पुर्‍याउने उद्देश्यसहित परिचालन गरिनेछ।”

Attariya Hospital

निगमका अनुसार यात्रुहरूको गुणस्तरीय सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखी भविष्यमा पनि निरन्तर सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

nawajiwan

गौरतलब छ, यी दुवै ट्वीन अटर विमान प्राविधिक कारणले लामो समयदेखि निष्क्रिय (ग्राउण्डेड) थिए। अब इन्जिन परिवर्तन तथा मर्मतपछि यी जहाजहरू पुनः उडानयोग्य बनेका छन्।