सुनको मूल्यमा एकैदिन ३५०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तो

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य गिरावटको असर नेपाली बजारमा पनि परेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२५ रुपैयाँमा झरेको छ।

nawajiwan

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य गिरावटका कारण नेपाली बजारमा समेत असर देखिएको हो। लगातारको घट्दो मूल्यले बजारमा सुस्तता ल्याउने संकेत देखिएको छ।

Advertize US