पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो: अब कतिमा पाउछन त सर्वसाधारणले ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो। नयाँ दर आज राति १२ बजेपछि लागू हुनेछ।

CP Hospital Dhangadhi

मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य यसप्रकार निर्धारण गरिएको छ:

  • पहिलो वर्ग: प्रतिलिटर रु १५४.५०

  • दोस्रो वर्ग: प्रतिलिटर रु १५६

  • तेस्रो वर्ग: प्रतिलिटर रु १५७

nawajiwan

डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य:

Attariya Hospital
  • पहिलो वर्ग: प्रतिलिटर रु १३९.५०

  • दोस्रो वर्ग: प्रतिलिटर रु १४१

  • तेस्रो वर्ग: प्रतिलिटर रु १४२

निगमका अनुसार, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोहरू पहिलो वर्गमा, सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा, र काठमाडौँ, पोखरा तथा दिपायल डिपोहरू तेस्रो वर्गमा पर्छन्। यी दरहरू डिपोबाट १५ किलोमिटरको परिधिसम्म लागू हुनेछन्।

नयाँ मूल्य समायोजनको कारणबारे निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यलाई उल्लेख गरेको छ। पछिल्लो खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८ पैसा र डिजेलमा २ रुपैयाँ ८० पैसा घटेकाले खुद्रा मूल्यमा पनि समायोजन गरिएको हो।

Advertize US