पश्चिमी वायुको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस प्रणालीको प्रभावस्वरूप शुक्रबार बिहान देशका विभिन्न भागमा वर्षा र बदली देखिएको छ।

CP Hospital Dhangadhi

विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा विहानैदेखि वर्षा भएको छ। मोरङको हरैचा मापन केन्द्रमा एक घन्टामा ४०.४ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसैगरी, लेटाङमा ९.६ मिलिमिटर, झापाको दमकमा ७.२ मिलिमिटर वर्षा भएको विभागको वेबसाइटमा उल्लेख छ।

साथै इलाम, धनकुटा, सुनसरी, खोटाङ, ताप्लेजुङ, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, पर्वत, कालीकोटलगायत जिल्लाहरूमा पनि हल्का वर्षा भएको छ।

nawajiwan
Attariya Hospital

मौसम पूर्वानुमान अनुसार, शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली, अन्य भागहरूमा मुख्यतः सफा देखि आंशिक बदली रहनेछ।

तीनवटै प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

मौसममा तीव्र उतारचढाव हुने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Advertize US