गोदावरीमा पुष्प व्यवसाय प्रवर्द्धन सम्बन्धी ४ दिवसीय तालिम सम्पन्न

Image
Nisarga Hospital

गोदावरी नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा सञ्चालित पुष्प व्यवसाय प्रवर्द्धन सम्बन्धी ४ दिवसीय तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन सत्रमा सहभागीहरूलाई बधाई ज्ञापन गर्दै कृषि विकास शाखा प्रमुख नन्दी मल्लले यस्ता तालिमहरू कृषकहरूको क्षमता अभिवृद्धि र आत्मनिर्भरताको दिशामा महत्वपूर्ण हुने बताए।

CP Hospital Dhangadhi
oplus_2
Attariya Hospital

उनका अनुसार गोदावरी क्षेत्रलाई व्यावसायिक पुष्प खेतीको केन्द्रको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यअनुसार कृषकहरूलाई सीपमूलक तालिम प्रदान गरिएको हो। तालिममा पुष्प उत्पादनको प्रविधि, व्यवस्थापन, बजारिकरण तथा नवप्रवर्तनमूलक व्यवसाय मोडलहरूबारे जानकारी दिइएको थियो।

oplus_2

समापन कार्यक्रममा नगरप्रमुखको उपस्थिति समेत रहेको थियो। उहाँले गोदावरी नगरपालिकालाई समृद्ध कृषि नगर बनाउने योजनाअन्तर्गत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउनुभयो।
oplus_0

सहभागी कृषकहरूले तालिमबाट आफूहरूले व्यावसायिक दृष्टिकोणबाट पुष्प खेती गर्ने आत्मविश्वास प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

nawajiwan

गोदावरी नगरपालिकाले आगामी दिनहरूमा समेत कृषकहरूलाई लक्षित गर्दै यस्तै व्यावसायिक तालिमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

Advertize US