एकैदिन सुनको मूल्यमा ५ हजार रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो

Image
Nisarga Hospital

बुधबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेको छ। मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

CP Hospital Dhangadhi

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५० रुपैयाँले बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो।

Attariya Hospital

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्वदेशमा समेत प्रभाव पारिरहेको व्यवसायीहरू बताउँछन्।

nawajiwan