
काठमाडौं: छापावाल सुनको मूल्य शुक्रबार १ हजार १ सय रुपैयाँले घटेर तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सो सुनको मूल्य तोलाको १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
































