
साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य भने स्थिर देखिएको छ। महासंघका अनुसार शुक्रबार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
































