
काठमाडौँ: नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार ६६५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि सोमबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९१ हजार १०० रुपैयाँ थियो। सोही आधारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

यता, चाँदीको मूल्य भने बढेको छ। मंगलबार चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य २ हजार ९५ रुपैयाँ थियो। यसअनुसार चाँदी प्रति तोला १० रुपैयाँले बढेको छ।































