कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च, उखु प्रवर्द्धनमा छुट्टै २ अर्ब २५ करोड

Image
Nisarga Hospital

चालू आर्थिक वर्ष २०८१/८२ मा सरकारले कृषि अनुदानमा ११ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्मको यो तथ्यांक उल्लेख गरिएको हो।

CP Hospital Dhangadhi

सर्वेक्षणअनुसार, कृषि अनुदानका लागि यस वर्ष ३६ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको थियो। योमध्ये करिब एकतिहाइ रकम फागुन महिनासम्म खर्च भइसकेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा कृषि अनुदानका लागि ३६ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये २९ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ खर्च भएको थियो।

nawajiwan
Attariya Hospital

साथै, चालू वर्षमा उखु किसानलाई प्रवर्द्धन खर्च शीर्षकमा छुट्टै २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको पनि सर्वेक्षणमा उल्लेख छ।

कृषिमा राज्यको सहयोग वृद्धिसँगै उत्पादन वृद्धिको अपेक्षा गरिएको छ। तर, विनियोजित बजेटको कार्यान्वयनमा अझै दक्षता र प्रभावकारिता आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ।

# ट्रेण्डिङ