गण्डकीमा सार्वजनिक यातायात बन्द ,१९ गते देखि देशभर बन्द गर्ने

Image
Nisarga Hospital

गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प पारिएको छ । गण्डकी सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि आक्रोशित बनेका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका हुन् ।

CP Hospital Dhangadhi

संविधानविपरीत प्रदेश सरकारले ऐन नियमावली बनाएर कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था आएपछि यातायात सेवा ठप्प पारिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले बताए ।

“पूर्वनिर्धारित योजनानुसार नै यातायात बन्द गरेका छौँ । अब जेठ १९ गतेदेखि देशभर भाडाका सबै यातायात बन्द गरिनेछ,” उनले भने ।

nawajiwan

उनले सार्वजनिक बस, मिनी बस, ट्याम्पो, ट्याक्सीलगायत भाडाका सबै सवारीसाधन ग्यारेजमा थन्क्याइएको बताए ।

Attariya Hospital

आन्दोलनका कार्यक्रमअन्तर्गत उनीहरूले जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाएका थिए । जेठ १८ गते कालो झन्डासहित सबै प्रदेशमा विरोध र्‍याली निकाल्ने कार्यक्रम छ ।

जेठ १८ गतेसम्म माग सम्बोधन नगरे जेठ १९ गतदेखि देशव्यापी अनिश्चितकालका लागि सवारीसाधन घर ग्यारेजमा थन्क्याएर आन्दोलन गरिने यातायात व्यवसायीले बताएका छन् ।

प्रदेश सरकारले गरेको राइड सेयरिङको मान्यतामा आपत्ति जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सर्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपाल यातायात मजदुर संघ आन्दोलनका लागि एकजुट भएका छन् ।

Advertize US