कैलालीको जोशीपुरमै लिन थालियो मसानघाटमा प्रति लासको ५ सय रुपैयाँ

Image
Nisarga Hospital

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको मसानघाट लुहागढले प्रति लाशको ५ सय रुपैयाँ लिने गरेको छ । मसान घाटका अध्यक्ष चन्द्रिका चौधरीका अनुसार आफूहरूले ३-४ वर्ष यतादेखि शुल्क लिँदै आएको बताइन् । शुल्कबाट उठेको पैसा मर्मत सम्भारमा लगानी गर्ने गरेको उनको भनाइ छ।

CP Hospital Dhangadhi

तर पछिल्लो समयमा स्थानीयहरु निकै आक्रोशित बन्दै गएका छन्। प्रति लास ५ सय उठाए पनि मसानघाटको सरसफाई , कुनै किसिमको मर्मत सम्भार नगर्दा स्थानीयहरू आक्रोशित बनेका हुन्। एक स्थानीयले भने पैसा मात्रै उठाउने काम भैरहेको छ , अहिलेसम्म कुनै हिसाबकिताब समेत सार्वजनिक गरिएको छैन । लास बाट उठेको पैसामा पनि अनियमितता भएको शङ्का गर्न बाध्य भएको स्थानीयहरूको भनाइ छ। यो गलत हुँदै गइरहेको स्थानीयहरु बताउँछन्।

Attariya Hospital

यता जोशीपुर गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष बमबहादुर शाहलाई जानकारी लिँदा आफूलाई यस विषयमा कुनै थाहा नभएको तर मसान घाट व्यवस्थापन समितिले विगत ३-४ वर्षदेखि रकम उठाउँदै आएको सुन्नमा आएको छ। मैले यस विषयमा चासो दिएको छु, महान घाट व्यवस्थापन समितिलाई मलाई जानकारी आए अनुसार अबदेखि पैसा लिने काम बन्द गर्न समेत निर्देशन दिएको अध्यक्ष शाहले बताए।

nawajiwan

# ट्रेण्डिङ