बजेट भाषणको दुई दिनमा नै नेपालमा पेट्रोलिएम पदार्थको मूल्यमा बृद्धी, अब कतिमा पाउछ त पेट्रोल डिजेल ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थहरूको मूल्य बढाएको छ।

CP Hospital Dhangadhi

सरकारले फेरि इन्धनको मूल्य बढाएको छ। नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य आइतबार बिहान १ बजेदेखि लागू हुने गरी समायोजन गरेको हो।

पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँले बढेको छ भने डिजेल र मट्टीतेलमा १ रूपैयाँको वृद्धि गरिएको छ।

nawajiwan

हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर ३ रूपैयाँ घटाइएको छ।
बाह्यतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ अमेरिकी डलरको कमी गरिएको छ।

नयाँ मूल्य क्षेत्रअनुसार यस्तो छ:

पहिलो वर्ग (चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी):

  • पेट्रोल: रु. १५६.५०

  • डिजेल/मट्टीतेल: रु. १४०.५०

दोस्रो वर्ग (सुर्खेत, दाङ):

Attariya Hospital
  • पेट्रोल: रु. १५८

  • डिजेल/मट्टीतेल: रु. १४२

तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल):

  • पेट्रोल: रु. १५९

  • डिजेल/मट्टीतेल: रु. १४३

हवाई इन्धन (आन्तरिक): रु. ११८ प्रति लिटर
बाह्य (किलोलिटरमा):

  • काठमाडौं: USD 901

  • पोखरा: USD 721

  • भैरहवा: USD 706

मूल्यवृद्धिको पृष्ठभूमि:

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (IOC) बाट आयात हुने प्रशोधित इन्धनको मूल्यका आधारमा समायोजन गर्ने गरेको छ। IOC ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, प्रशोधन शुल्क, ढुवानी खर्च र अन्य लागत जोडेर नेपालका लागि मूल्य तोक्ने गर्छ। त्यसपछि आयल निगमले भन्सार महसुल, प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसहित उपभोक्ता मूल्य निर्धारण गर्छ।

Advertize US