
राजावादीहरूले जेठ १५ गतेदेखि सुरु गरेको आन्दोलन जारी रहँदा आइतबार काठमाडौँको नारायण चौरमा स्थिति तनावपूर्ण बनेको छ।

आन्दोलनको तेस्रो दिन संयुक्त राजावादी आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस निकालिएको थियो। जुलुस प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेराउने योजना सहित अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

प्रहरी हस्तक्षेपको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई नियन्त्रणमा लिइएको छ। आन्दोलनकारीहरूले राष्ट्रवादी शासनको पुनःस्थापनाको माग गर्दै प्रदर्शन जारी राखेका छन्।




















