राइड सेयरिङविरुद्ध सडक बन्द : यातायात व्यवसायीको घोषणा- ‘गाडी थन्काएर आन्दोलनमा’

Image
Nisarga Hospital

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई कानुनी मान्यता दिएको भन्दै सार्वजनिक यातायात व्यवसायीहरूले भोलि (२०८२ जेठ १९) देखि सवारी सेवा पूर्ण रूपमा ठप्प पार्ने घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

निजी सवारी साधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न पाउने नियमावली जारी गरिएपछि आक्रोशित व्यवसायीहरूले गाडी घर वा ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेका हुन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, विभिन्न मजदुर संघ–संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सेवा बन्दको चेतावनी दिएका छन्।

nawajiwan
Attariya Hospital

उनीहरूले गण्डकी प्रदेश सरकारको निर्णय संविधानको धारा ५७ तथा सवारी ऐन २०४९ विपरीत भएको दाबी गरेका छन्। पटकपटक संघ तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कारण आन्दोलनमा जान बाध्य भएको उनीहरूको भनाइ छ।

व्यवसायीहरूले सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवालालाई पर्ने असुविधाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने स्पष्ट पारेका छन्। राइड सेयरिङविरुद्धको यो संघर्ष देशव्यापी बन्ने सङ्केत देखिएको छ।

Advertize US