अब काठमाडौं–बैंगलोर दैनिक उडान सुरु, एयर इन्डिया एक्सप्रेसले सेवा दिदै

Image
Nisarga Hospital

एयर इन्डिया एक्सप्रेसले आज (आइतबार) देखि काठमाडौं–बैंगलोरबीच दैनिक प्रत्यक्ष हवाई सेवा सुरु गरेको छ। यो उडानमार्फत नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने airline को दाबी छ।

CP Hospital Dhangadhi

काठमाडौं एयर इन्डिया एक्सप्रेसको नेपालमा पहिलो गन्तव्य बनेको छ भने अन्तर्राष्ट्रिय सञ्जालमा १७औं गन्तव्य हो। बैंगलोरबाट बिहान ८:०५ बजे उड्ने विमान काठमाडौं बिहान ९:०५ बजे प्रस्थान गर्ने तालिका तय गरिएको छ।

Attariya Hospital

प्रबन्ध निर्देशक आलोक सिंहले सेवा विस्तारले मानिसहरू, कथाहरू र परम्पराहरूलाई नजिक ल्याउने बताए। उनले यो मार्गले भारतका विभिन्न सहर र अबु धाबी, दम्ममजस्ता गन्तव्यसम्मको सहज पहुँच उपलब्ध गराउने उल्लेख गरे।

nawajiwan

उक्त सेवा बोइङ ७३७ विमानमार्फत सञ्चालन हुनेछ। यात्रुलाई एकै स्टपमा विविध अन्तर्राष्ट्रिय गन्तव्यहरूमा जोड्ने योजना अन्तर्गत यो उडान महत्त्वपूर्ण मानिएको छ।

Advertize US