राजावादी समूहद्वारा भोली उपत्यका बन्दको चेतावनी: थापा र सिंहको पक्राउप्रति आक्रोश

Image
Nisarga Hospital

राजावादी समूहले राप्रपा नेपाल अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपक सिंहसहित नेताहरू पक्राउ परेपछि सोमबार उपत्यका बन्दको घोषणा गरेको छ।

CP Hospital Dhangadhi

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका नेताहरूलाई सरकारले अमानवीय ढंगले पक्राउ गरेको भन्दै विरोध स्वरूप जेठ १९ गते उपत्यका बन्दको आव्हान गरेको हो।

समितिले थापा, सिंहलगायत सबै पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गर्दै आन्दोलनको स्वरूप परिवर्तन गर्ने चेतावनीसमेत दिएको छ।

nawajiwan
Attariya Hospital

‘सरकारको दमनको विरोधस्वरूप आ–आफ्नो टोल चोकमा सक्रिय भूमिका खेल्न आन्दोलनकारीलाई आग्रह गर्दछौं,’ सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

आईतबार नारायणचौरबाट बालुवाटारतर्फ जान खोज्दा प्रहरीले नेताहरूलाई नियन्त्रणमा लिएको थियो।

# ट्रेण्डिङ