राजावादी प्रदर्शन चर्किएपछि गिरफ्तारी, रिहापछि उपत्यका बन्द फिर्ता

Image
Nisarga Hospital

निषेधित क्षेत्र तोडेर बालुवाटारतर्फ अघि बढ्न खोजेपछि आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहलगायतका नेताहरू रिहा भएका छन्। उनीहरू रिहा भएसँगै राजावादी समूहले आह्वान गरेको काठमाडौं उपत्यका बन्द फिर्ता लिएको छ।

CP Hospital Dhangadhi

राजसंस्थाको पुनःस्थापनाको मागसहित आन्दोलनमा उत्रिएका राजावादी समूहले प्रहरीले अराजक रूपमा हस्तक्षेप गरेको आरोप लगाउँदै आक्रोश पोखेका थिए।

Attariya Hospital

राति संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको घोषणा गरे।

nawajiwan

यसअघि, जिल्ला प्रहरी परिसर काठमाडौंले नारायणचौरबाट थापालाई निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो। सांसद दीपक सिंह थापालाई भेट्न जाँदै गर्दा पक्राउ परेका थिए। आइतबार साँझ नै सातैजना आन्दोलनकारी रिहा भएका छन्।

Advertize US