कैलालीको गौरीगंगामा भीषण आगलागी: ७२ वर्षीय वृद्धको जलेर मृत्यु

Image
Nisarga Hospital

कैलालीको गौरीगंगा नगरपालिका–१० जवलपुरमा सोमबार बिहान भएको भीषण आगलागीमा परी एक वृद्धको जलेर मृत्यु भएको छ।

CP Hospital Dhangadhi

स्थानीय समय अनुसार राति करिब २:१० बजे अनिल चौधरीको दुईतले काठको गोठमा आगलागी भएको हो। गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारुको घटनास्थलमै जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

आगलागीको सूचना पाएलगत्तै राति ३:०५ बजे प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) खेमराज पन्तको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको थियो। टोलीले ३:१५ बजे घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको जानकारी मालाखेती ईप्रका प्रमुख डिएस्पी रण बहादुर चन्दले बताएका छन।

nawajiwan
Attariya Hospital

प्रहरीका अनुसार आगलागीबाट अन्य चौपायामा भने कुनै क्षति भएको छैन। आगलागीको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धानका लागि ईप्रका मालाखेतीबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली खटाइएको छ।

पीडित परिवारको गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको र मृतकको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

# ट्रेण्डिङ