सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो

Image
Nisarga Hospital

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन आइतबार सोही सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँ थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले बढेको हो।

Attariya Hospital

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँमा झरेको छ।

nawajiwan

महासंघले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजार मूल्य, माग–आपूर्ति तथा भन्सार शुल्कजस्ता आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

Advertize US