सरकार र यातायात व्यवसायीबीच जुटेन सहमति, भोली पनि बन्द जारी रहने

Image
Nisarga Hospital

अत्तरिया : सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । चारवटै व्यवसायी महासंघले भोली पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका छन् ।

CP Hospital Dhangadhi

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले निरन्तर छलफल भइरहेको बताए । छलफल सकारात्मक ढंगले अगाडी बढेको उनले जानकारी दिए । अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताईएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडी बढेको थियो ।

Attariya Hospital

अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ ।

nawajiwan

आजको यातायात बन्दको प्रभाब सुदूरपश्चिममा पनि परेको छ । धनगढी, अत्तरिया लगायत सुदूरपश्चिमका सबै क्षेत्रमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात मात्रै नभई अटोरिक्साहरु समेत बन्द गरेको उनले बताए । उनले कालो नम्बर प्लेटका सवारी साधनहरु मात्रै नभई यात्रु बोकिरहेका सबै सवारी साधनहरु बन्द रहे ।