राइड सेयरिङको विरोधमा भएको आन्दोलन अन्त्य, सरकार र व्यवसायीबीच सहमति

Image
Nisarga Hospital

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमवार राति सहमति भएपछि देशभर सार्वजनिक सवारी सञ्चालन हुने बाटो खुलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म भएको तेस्रो चरणको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

CP Hospital Dhangadhi

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरका अनुसार, संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न पत्राचार गर्ने निर्णय गरेको छ। स्वाँरले गण्डकी सरकारले नियमावली स्थगित गर्ने निर्णय गरेपछि मात्र देशभर सवारी सञ्चालन गर्न व्यवसायीहरू सहमत भएका जानकारी दिए।

Attariya Hospital

तर, उनले गण्डकी प्रदेश सरकारले नियमावली पूर्ण रूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। संघ र प्रदेश सरकारले प्रक्रियागत विषयलाई फास्ट ट्र्याकबाट समाधान गर्ने प्रतिबद्धता जनाएकाले मंगलवार अपराह्नदेखि सवारी साधन सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

nawajiwan

यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सात बुँदे मागसहित आन्दोलन गर्दै देशभर सार्वजनिक सवारी बन्द गरेका थिए। नियमावली स्थगित भएसँगै चार दिनदेखि ठप्प सार्वजनिक यातायात सेवा पुनः सुचारु हुने आशा गरिएको छ।