कैलालीको गो.न.पा.१ मा रहेको घण्टेश्वर माविमा लागू औषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको घण्टेश्वर माविमा लागू औषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। गोदावरी नगरपालिका – १ को आर्थिक सहयोगमा अत्तरिया मिडिया प्रालिले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

CP Hospital Dhangadhi

विद्यालयका अध्यक्ष गोकुल भट्टको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिका – १ का वडाध्यक्ष गोपाल दत्त भट्ट प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा बोल्दै उनले लागू औषधको भयावह अवस्था रहेकाले यस्ता जनतेचनाका कार्यक्रमले यसमा न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । उनले दैनिक जस्तो यस क्षेत्रबाट लागू औषध सहित युवायुवतीहरु पक्राउ पर्ने गरेको बताउँदै यसले समाजको भविष्य पछाडि धकेलिने खतरा रहेको बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल भट्टले पछिल्लो समय महिला पनि लागू औषधमा लाग्ने गरेकाले छात्र, छात्रा दुवैलाई सचेत गराउन आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी वरिष्ठ नायव निरीक्षक दीपेन्द्र दत्त भट्ट र गोपाल जोशीले प्रशिक्षण दिएका थिए।

Attariya Hospital


प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले लागूऔषधले व्यक्ति र समाजमा पार्ने गम्भीर असरहरूबारे विस्तृत जानकारी गराएका थिए । उनले लागूऔषध प्रयोग गर्दा कानुनबमोजिम हुने दण्ड र सजायबारे पनि विद्यार्थीहरूलाई सचेत गराए ।
त्यस्तै कार्यक्रममा गोपाल जोशीले आफ्नो व्यक्तिगत अनुभव सुनाए । उनले लागूऔषधको कुलतमा फसेर जिन्दगीका कैयौँ अवसरहरू गुमाएको र त्यसबाट बाहिर निस्कन निकै संघर्ष गर्नुपरेको पीडादायी भोगाइ बताएका थिए । जोशीले आफ्ना अनुभवमार्फत विद्यार्थीहरूलाई लागूऔषधको दुर्व्यसनमा नफस्न आग्रह गर्दै त्यसबाट टाढा रहन प्रेरित गरे ।
पत्रकार ध्रुव ओझाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जानुका भट्ट, निवर्तमान प्रधानाध्यापक दीपकराज भण्डारी लगायत शिक्षक र डेढ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

nawajiwan

# ट्रेण्डिङ