
काठमाडौं: नेपाली बजारमा मङ्गलबार सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य केही बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मङ्गलबार घटेर १ लाख ९० हजार रुपैयाँमा झरेको छ।

उता, चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रति तोला २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलबार १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





























