नयाँ कर प्रणाली सच्याउन माग गर्दै सुनचाँदी व्यवसायीले बुझाए सरकारलाई ज्ञापन

Image
Nisarga Hospital

अत्तरिया : नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सुदूरपश्चिम प्रदेशले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार सुनचाँदी व्यवसायी संघ, कैलालीको समन्वयमा सरकारलाइृ ज्ञापनपत्र बुझाएका हुन् ।

CP Hospital Dhangadhi

ज्ञापनपत्रमार्फत व्यवसायीहरुले सरकारले सुनचाँदी व्यवसायमा हालसालै ल्याएको नयाँ कर प्रणालीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार, सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको जनाइएको छ । तर, यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा पुनर्विचार गर्न माग गरिएको छ ।

व्यवसायीहरुले हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न माग गरेका छन् । व्यवसायीहरूले कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत आग्रह गरेका छन् । उनीहरूले निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेका हुन् ।

nawajiwan
Attariya Hospital

ज्ञापनपत्रमा भनिएको छ, हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको छ । भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

ज्ञापनपत्रमा सुनचाँदी व्यवसायी संघ, कैलालीका अध्यक्ष यदु सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका सभापति सन्तोष सापकोटा, र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सुदूरपश्चिम प्रदेशका सभापति कमलप्रसाद गौतमको हस्ताक्षर रहेको छ । व्यवसायीहरुले सरकारलाई अविलम्ब वैठक गरी समस्या समाधान गर्न आग्रह गरेका छन्, अन्यथा आन्दोलनको चेतावनीसमेत दिएका छन् ।

# ट्रेण्डिङ