
शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।






























