
काठमाडौ: नेपाली बजारमा सुनको मूल्य आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।

महासंघले जारी गरेको आजको दरअनुसार तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा बढेको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य लगातार बढिरहँदा उपभोक्ता र सुन व्यवसायी दुवै प्रभावित हुने देखिन्छ।




























